शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दमकल नहुँदा बाम्का बजार सखाप

दमकल नहुँदा बाम्का बजार सखाप

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • दमकल नहुँदा बाम्का बजार सखाप

    बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ।

    दिउँसो ३ः३० बजे आसपासमा स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विष्फोट हुँदा बुढीगंगा नगरपालिका–६ स्थित बाक्का बजारमा भीषण आगलागी भएको थियो ।

    बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले आगलागीबाट ४० वटा घर पसल जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिएका छन्। ‘सुरुमा एउटा सिलिण्डर पड्किएर आगो लागेको पछि त अरु पसलमा भएका त्यही पसलमा भएका सिलिण्डर पड्किएर सबै ध्वस्त भयो उनले सुनाए।’

    उनले भने, ‘४० बढी पसल पूर्णरुपमा ध्वस्त भएका छन्। क्षति आँकलन गर्न सकिएको छैन। तीन घण्टामा बल्लतल्ल आगो नियन्त्रणमा आएको छ।’ उनले दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको बताएका छन् । उनले भने, ‘हामीसँग दमकल थिएन। गाग्री, बाल्टी ट्यांकरमा पानी ल्याएर आगो नियन्त्रणमा लिन सफल भइयो।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार