शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि प्रतिनिधिसभाको बैठक सर्‍यो

विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि प्रतिनिधिसभाको बैठक सर्‍यो

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि प्रतिनिधिसभाको बैठक सर्‍यो

    प्रतिनिधिसभाको बैठक भोली अपराहन्न १ बजेसम्मका लागि सरेको छ ।

    आज संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।

    बैठकमा विपक्षी दलहरुले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् । आज अपराहन्न १ बजेदेखि बैठक बस्ने भनिएको भएपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि बैठक भोलिका लागि सरेको हो ।

    यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन ।

    सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार