शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

जेठ १८, २०८२ आइतवार
जेठ १८, २०८२ आइतवार
  • राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

    राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिएको छ । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको हो । 

    प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार काठमाडौंको नारायण चौरमा तनाव भएको छ । आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो । 

    Photo.png

    उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई पक्राउ गरेको छ। थापा पूर्वगृहमन्त्रीसमेत हुन् । आइतबार तेस्रो दिन उनीसहित राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायणचौरबाट जुलुस थालिएको थियो।

    बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेपछि उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको थियो । नारायणचौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको थियो । नारायणचौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार