शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शेखर र गगनको ११ महिनापछि भेट, कांग्रेस तरंगित

शेखर र गगनको ११ महिनापछि भेट, कांग्रेस तरंगित

जेठ १६, २०८२ शुक्रवार
जेठ १६, २०८२ शुक्रवार
  • शेखर र गगनको ११ महिनापछि भेट, कांग्रेस तरंगित

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार बिहान कोइराला र थापाबीच भेटवार्ता भएको हो ।

    दुवैबीच पछिल्लो समय मनमुटाव भएको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवैबीच करिब ११ महिनापछि भएको यो भेटवार्ताले कांग्रेसको आन्तरिक राजनीति तरंगित समेत बनेको छ ।

    महामन्त्री थापालाई सभापति शेरबहादुर देउवासँग मिलेको र कोइरालासँग दूरी बनाएको आरोप समेत लागेको थियो । पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री पदमा उम्मेदवारी दिएका यी दुई नेताबीचको यो भेटले सम्बन्ध सुधारको सङ्केत गरेको छ ।

    पछिल्ला दिनहरुमा महामन्त्री थापा वर्तमान सरकारसँग असन्तुष्ट रहेका छन् । हरेक विषयमा आफ्नो प्रतिक्रिया दिने महामन्त्री थापाले सरकारको नीति तथा कार्यक्रम र विहिबार ल्याएको बजेटमा समेत कुनै प्रतिक्रिया दिएका छैनन् । त्यस्तै कोइराला पनि वर्तमान सरकारको आलोचकको रुपमा आफ्ना धारणा राख्दै आएका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार