प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टापछि सुरु भएको बैठक विपक्षीले अवरोध गरेका हुन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद उठेका हुन् । सभामुखले आसन ग्रहणका लागि आग्रह गरेका छन् । उनले दलीय आधारमा बोल्न दिने भन्दै अघि बढ्नका लागि बस्न आग्रह गरेका हुन् । सांसदहरूले बैठकमा होहल्ला गरेका छन् ।
संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् । प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने चेतावनी उनीहरूको छ ।