शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनबाट ओली-देउवाले रोके, अब के होला?

गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनबाट ओली-देउवाले रोके, अब के होला?

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनबाट ओली-देउवाले रोके, अब के होला?

     प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।

    बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए ।

    गृहमन्त्री लेखकसमेतको उपस्थितीमा भएको छलफलले उनले राजीनामा दिन नपर्ने निचोड निकालेको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरुले उनको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

    साथै आजको संसद बैठकमा गृहमन्त्रीले आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने निर्णय भएको बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार