शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्री रमेश लेखकलाई लिएर ओली भेट्न बालुवाटार पुगे शेरबहादुर देउवा

गृहमन्त्री रमेश लेखकलाई लिएर ओली भेट्न बालुवाटार पुगे शेरबहादुर देउवा

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • गृहमन्त्री रमेश लेखकलाई लिएर ओली भेट्न बालुवाटार पुगे शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् । 

    भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । मंगलबार उनीहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए । 

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् । सरकारले भोलि संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।

    प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखेपछि आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार