शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सभापति हिरासतमा, रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

सभापति हिरासतमा, रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • सभापति हिरासतमा, रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आज (आइतबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

    श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने बताउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी अहिले प्रतिनिधिसभा सदस्य हुन् । यस्तै शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्व विकासका लागि काम गर्ने सोचे पनि पार्टीले त्यसप्रति प्राथमिकता नदिएकाले राजीनामा दिएको बताएका छन् ।

    रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्व बैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी केही दिनअघि दिएका थिए ।  प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो । 

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी थुनामै छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार