शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अपराध नियन्त्रणमा थप मेहनत गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा थप मेहनत गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

जेठ ९, २०८२ शुक्रवार
जेठ ९, २०८२ शुक्रवार
  • अपराध नियन्त्रणमा थप मेहनत गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

    मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ । आज (शुक्रबार) जनकपुरधाममा चार सुरक्षा निकायको उपस्थितिमा बैठक सुरु भएको हो।बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मल कुमार थापा, मध्यपूर्वी पृतना मुख्यालयका पृतनापति कृष्णबहादुर जिसी, एनडीआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, आठ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा बैठक सुरु भएको हो ।

    उद्घाटन सत्रमा गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रणमा थप मेहनत गर्न निर्देशन दिएका छन्। ‘गोष्ठी सार्थक हुनुपर्छ । छलफल मात्रै गरेर हुँदैन, उपयोगिता पनि देखिनु पर्छ,’ उनले भने, ‘त्यस कारण यहाँको अपराध नियन्त्रण गर्न थप मेहनत गर्नु पर्ने देखिन्छ। सबै जना आ–आफ्नो ठाउँबाट गर्नुहोस् ।’ मधेशमा लागूऔषध नियन्त्रण, सडक दुर्घटना, आत्महत्या, साइबर अपराध मुख्य समस्याका रूपमा देखिएको उल्लेख गर्दै सबै समस्या आपसमा जोडिएका हुनाले त्यसतर्फ ध्यानाकर्षण गराइयो । ’चोरी निकासी पनि धेरै मात्रामा भइरहेको छ । राजस्व घटिरहेको छ,’ उनले भने, ’यसको नियन्त्रण गर्न पनि मेहनत गर्न लाग्नुहोस्।’ विपद् व्यवस्थापनमा विशेष योजना बनाउन पनि उनले बताए।

    मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रहरी समायोजन छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका थिए। ‘प्रहरी बिना काम गर्न अति नै कठिनाइ भएको छ,’ उनले भने । अस्पताल अनुगमनको सुरुआतमा प्रहरीले साथ दिएको भए पनि अहिले नदिएकोप्रति उनले गुनासो गरे। ‘प्रहरी चौकीहरूको बिजोग अवस्था छ । त्यस्ता चौकी निर्माणमा संघीय सरकारले ध्यान दिएको छैन,’ उनले भने, ‘मधेश प्रदेश सरकारको स्रोतसाधनले सम्भव छैन।’

    भारतबाट विषादीसहितका सामान आइरहेकोप्रति उनले प्रहरीको ध्यानाकर्षण गराए। राष्ट्र कुखुरा, अण्डा र माछामा आत्मनिर्भर भए पनि भारतबाट विषादीसहितका सामान प्रहरीकै मिलेमतोमा आउने गरेको उनले जिकिर गरे। गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पनि अपेक्षा र कार्य योजना अनुसार काम गर्न नसकिएको बताए।सशस्त्र प्रहरीले केही बीओपीमा बस्न आवास अभाव रहेको र भर्‍याङमा सुत्नुपर्ने अवस्था रहेको सुनाए । तथापि प्रहरी उच्च मनोबलका साथ काम गरिरहेको पनि उनले बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार