शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

    धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।

    नव निर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । 

    खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार