शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवि लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

रवि लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • रवि लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिट सर्वाेच्चका न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।

    यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाई हुन सकेको छैन। हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो । यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो।

    सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो। तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो। लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्।

    एक महिनासम्म पनि त्यसमा सुनुवाई हुन सकेको छैन। आफलाई थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेशविरुद्ध लामिछानेले दिएको निवदेनउपर पनि सँगै सुनुवाई अघि बढाइएको छ।सहकारीसँग आफ्नो कुनै सम्बन्ध नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफ पक्राउ गरेर राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप लामिछानेले लगाउँदै आएका छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार