शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा

    अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेल पठाउने महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

     रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् । विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

    तर विष्टले लेखेको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि रेशम चार घण्टापछि वैशाख १७ गते साँझ डिल्ली बजार जेलबाट रिहा भए । पत्र अनधिकृत रहेको पुष्टि भएलगत्तै सर्वोच्च अदालत प्रशासनले महिमानलाई प्रहरीको जिम्मा लगाएको थियो। उनले टीकापुर हत्याकाण्डका पीडितको आत्मालाई शान्ति दिन उक्त पत्र लेखेको बयान दिएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार