शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ग्राहकको माग बढेपछि टाटाको प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

ग्राहकको माग बढेपछि टाटाको प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • ग्राहकको माग बढेपछि टाटाको प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

    नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाएको छ।

    यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्। यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्।

    साथै, ८०५ सम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ। यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुनेछ।

    अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।

    सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र समर्थनलाई धन्यवाद दिदै यो अभियान थप व्यापक बनाएको छ। यसैले, इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार