शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मध्यपहाडी लोकमार्गको प्रस्ताव मैले नै गरेको हुँः प्रचण्ड

मध्यपहाडी लोकमार्गको प्रस्ताव मैले नै गरेको हुँः प्रचण्ड

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • मध्यपहाडी लोकमार्गको प्रस्ताव मैले नै गरेको हुँः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

    उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।’

    अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्गको प्रस्ताव आफूले नै गरेको दाबी गरेका छन् ।

    प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताएका हुन् । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ। अहिले यो सम्पन्न हुँदैछ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार