शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images
सगरमाथा संवाद:

हाम्रा हिमालले असाधारण तनाव सामना गरिरहेका छन् : परराष्ट्रमन्त्री राणा

हाम्रा हिमालले असाधारण तनाव सामना गरिरहेका छन् : परराष्ट्रमन्त्री राणा

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • हाम्रा हिमालले असाधारण तनाव सामना गरिरहेका छन् : परराष्ट्रमन्त्री राणा

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् । काठमाडौंमा आज (शुक्रबार) देखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’

    जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको उनले बताइन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले थपिन्, ‘बाढी, हिमताल विष्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्‍याएको छ ।’

    उनले नेपालका लागि हिमालय सांस्कृतिक सम्पदा मात्र नभइ राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको भन्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने बताएकी छन् । ‘हामीले हाम्रा पूर्वजहरूबाट पूर्ण र स्वस्थ ग्रहको उत्तराधिकार पाएका थियौं, अब हाम्रो दायित्व छ कि भविष्यका सन्ततिहरूलाई पनि यो ग्रह हरियाली, सुन्दरता र मजबुतीका साथ हस्तान्तरण गर्नुपर्छ’, उनले भनिन् ।

    नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताएकी छन् । ‘नेपालले अगुवाइ गरेका सामुदायिक वन कार्यक्रमले वन क्षेत्र वृद्धि मात्र होइन, संरक्षणको उत्कृष्ट नमुना विश्वभर प्रस्तुत गरेको छ’, उनले भनिन्, ‘तर, विश्वव्यापी तापमान वृद्धिका प्रभावहरू हाम्रो क्षमताभन्दा बढी छन् । हामी पर्याप्त र पूर्वानुमानित जलवायु वित्तीय स्रोतहरूको आह्वान गर्छौं, ताकि राष्ट्रिय र स्थानीय अनुकूलन योजना कार्यान्वयन गर्न सकियोस् ।’ जलवायु परिवर्तन वैश्विक संकट भएको भन्दै उनले यसका लागि न्यायपूर्ण वैश्विक गठबन्धनको आवश्यकता रहेको समेत उनले बताइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार