शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

    म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ। यस निम्ति आवश्यक तयारी भइरहेको छ। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।

    सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ। आगामी एक–दुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए ।

    सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ। ‘ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ’, सेढाईले भने। पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए।

    रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार