शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्वोच्चले माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • सर्वोच्चले माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बुधबार मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले थुनामा राख्नुको कारण पेस गर्न सरकारका नाममा आदेश दिएको हो । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

    तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन्। दुवैजना हाजिर जमानीमा रिहा भएका हुन्। तर, उनी छुटेका छैन् ।

    मंगलबार मात्रै मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार