शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाएको खुलासा

लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाएको खुलासा

बैशाख ३०, २०८२ मंगलवार
बैशाख ३०, २०८२ मंगलवार
  • लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाएको खुलासा

    पदबाट राजीनामा दिएकी लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङ बेलायतमा रहेको खुलेको छ। उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन्। तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ।

    उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो। उनले उतैबाट राजीनामा पठाएको पाइएको छ। गीता अब बेलायतमै बस्ने मनसायमा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए।

    अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले जनाएका छन्। उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन्। भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन्। उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन्। गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए।

    ‘उहाँ बेलायत गइसक्नु भएको छ। अब राजनीतिमा आउनु हुन्न । उतै बस्नु हुन्छ’, ती आफन्तले भने। गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिएका छन्।

    l(5).jpeg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार