शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

युद्ध रोक्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

युद्ध रोक्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • युद्ध रोक्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

    अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न आग्रह गरेको हो ।

    अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भनेकी छन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार उनले भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा यस्तो बताएकी हुन् ।

    सोक्रममा उनले युद्ध, सेना र हिंसा कुनै समाधान नभएको भन्दै पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान भएको बताइन् । एक पत्रकार सम्मेलनमा उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न सोधिएका थिए । उनले भारत–पाकिस्तानबीच कुनैपनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बताइन् ।

    बीबीसीका अनुसार सो प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन् भने हामी त्यसको जानकारी सार्वजनिक गर्दैनौं । यो हाम्रो नीति हो ।’ उनले नेताहरूबीच व्यक्तिगत तहमा कुरा भइरहेको बेलामा त्यसका विवरणहरू सञ्चारमाध्यमबीच राख्नु आवश्यक नभएको पनि बताइन् ।

    अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूसँग तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए । साथै, उनले प्रत्यक्ष वार्तामा जोड दिएको समाचारमा उल्लेख छ ।

    कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । त्यसयता दैनिक भारत–पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी भइरहेको छ । सोही क्रममा बिहीबार राति भारतमाथि पाकिस्तानले भीषण मिसाइल हमला गरेको छ । तर, भारतले पाकिस्तानी हमला असफल बनाएको दावी गरेको छ । यसैबेला अमेरिकाको यस्तो भनाइ आएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार