शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवीन्द्र मिश्रमाथि नयाँ मुद्दा थपियो, भने - राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगायो

रवीन्द्र मिश्रमाथि नयाँ मुद्दा थपियो, भने - राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगायो

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • रवीन्द्र मिश्रमाथि नयाँ मुद्दा थपियो, भने - राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगायो

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले अर्को नयाँ मुद्दा थपेको छ ।

    यसअघि राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी मुद्दामा मुछिएका मिश्रमाथि अब आपराधिक उपद्रवको आरोपसमेत थपिएको छ । तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ परेका मिश्रविरुद्ध सरकारले यो तेस्रो मुद्दा अघि सारेको हो ।

    मिश्रलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि उपस्थित गराइएको थियो । सो क्रममा उनले न्यायाधीशसमक्ष राज्यले आफू विरुद्ध पुनः ‘कालो टिका’ लगाएको आरोप लगाए ।

    ‘आज ४२ औँ दिन, राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाएको छ,’ मिश्रले भने, ‘४१ दिनसम्म राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको आरोप बोकेर हिँडेको थिएँ । अहिले आपराधिक उपद्रवको आरोपसमेत थपिएको छ । त्यो टिका पुछ्ने अधिकार, निष्ठा यो न्यायालय र बेन्चमा नै हुन्छ भन्ने विश्वास राखेको छु।’ मिश्रले नयाँ मुद्दा दायर गरिनु आपत्तिजनक भएको जनाउँदै न्यायिक निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार