शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन, माग पूरा नभएसम्म जिल्ला नर्फकिने

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन, माग पूरा नभएसम्म जिल्ला नर्फकिने

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन, माग पूरा नभएसम्म जिल्ला नर्फकिने

    देशभरका लघुवित्ती पीडितहरूले आज बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

    विभिन्न जिल्लाबाट आएका उनीहरूले  काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । लघुवित्त र मिटर ब्याजीका कारण आफूहरू समस्यामा पर्दा समेत सरकार मुकदर्शक बनेको भन्दै माग पूरा नभएसम्म जिल्ला नर्फकिने उनीहरूको भनाइ छ ।

    सरकारले पटक–पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूले बताएका छन् । 

    लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकास जनपक्षीय मौद्रिक नीति कायम, कालोसूची तथा धितो लिलाम फुकुवा, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्थाको माग गर्दै उनीहरू लामो समयदेखि आन्दोलित छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार