नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पाकिस्तानमाथि भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’लाई समर्थन गरेका छन् ।
भारत र पाकिस्तानबीच सुरु भएको युद्धबारे सरकारसहित कुनै पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको बेला नेता शर्माँले सामाजिक सञ्जालमार्फत आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका हुन् ।
‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो,’ उनले लेखेका छन् । साथै उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
यहि बैशाख ९ गते दिउँसो कश्मीरको पहलगाममा आतंककारी हमलामा परि एक नेपालीसहित २६ जनाको मृतयु भएपछि त्यसको बदलास्वरुप भारतले ‘अपरेशन सिन्दूर’ नामक जवाफी हमला गरेको जनाएको छ ।