शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एमालेका दुई पक्षबीच धनुषामा झडप: दुई नेतासहित पाँच जना घाइते

एमालेका दुई पक्षबीच धनुषामा झडप: दुई नेतासहित पाँच जना घाइते

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • एमालेका दुई पक्षबीच धनुषामा झडप: दुई नेतासहित पाँच जना घाइते

    नेकपा (एमाले)का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबिच झडप हुँदा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ ।

    अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्र र जनकपुरस्थित अधिवेशनस्थलमा झडपसम्म भयो । यही वैशाख २० गतेदेखि अधिवेशन जारी छ ।

    पार्टीको आन्तरिक विवाद भएको र हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं एसपी नरहरि रेग्मीले बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।  

    निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबिच विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका थिए ।  भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । 

    गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको हो ।  उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ ।

    उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार