शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोसी टप्पुमा पर्यटकको संख्या वृद्धि

कोसी टप्पुमा पर्यटकको संख्या वृद्धि

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • कोसी टप्पुमा पर्यटकको संख्या वृद्धि

    अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ। विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक संख्या वृद्धि भएको हो।

    गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिए। यादवका अनुसार पर्यटकको संख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व संकलन भएको छ।

    हिउँदको सुरुवातदेखि पर्यटकको संख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए।आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्कदै गरेका गैँडा, र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ। आरक्षमा ५२० प्रजातिका चराको वास स्थान छ ।

    पछिल्लो समय कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउन विभिन्न अभियान सुरुवात गरको छ। केही दिन अघि मात्र प्रदेश सरकारले नेपाल–भारतको सीमा क्षेत्र कोसी गाउँपालिका–८ भण्टाबारी नजिक पर्यटक भित्र्याउन भारतीय सवारी तथा पर्यटकलाई प्रदेशभित्र कुनै किसिमको असुविधा नहोस् भनी स्टीकर अभियान सुरुवात गरेको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार