शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

    एनएमबी बैंकले गट्ठाघर शाखाबाट शुरू भई बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। 

    नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो।

    कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ रहे। कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई रु ५ लाख र नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ।

    यसैगरी, उक्त कार्यक्रम सातवटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ। हाल एनएमबी बैंक देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार