शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आजबाट कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

आजबाट कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

स्मार्ट घडी र मोबाइल लैजान निषेध, जापानमा ३७ जना परीक्षार्थी

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • आजबाट कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

    यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ परीक्षा) आज आइतबारबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ । 

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ । 

    उक्त परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ तीन लाख ९५ हजार ९०८ छन् । नियमितमध्ये पनि छात्रको संख्या एक लाख ९८ हजार ८७५ छ भने छात्राको संख्या एक लाख ९७ हजार १३ जना छ । 

    त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षार्थी संख्या सबैभन्दा कम मनाङमा छन् । जहाँबाट जम्मा ४५ जनाले परीक्षा दिँदै छन् । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ जना परीक्षामा सहभागी हुँदै छन् । 

    परीक्षा नियन्त्रण कार्यालयले नेपालभर जम्मा एक हजार ५९० केन्द्र निर्धारण गरेको छ । त्यस्तै, जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।  जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ र सबैभन्दा कम मनाङ, मुस्ताङ र जापानमा छन् । मनाङ, मुस्ताङ र जापानमा १/१ वटा केन्द्र निर्धारण गरिएको हो । 

    परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुनेछ । परीक्षाका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटिनेछन् । 

    यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

    परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । 

    जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन । परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

    परीक्षाको मर्यादाविपरीत शिक्षक/कर्मचारी/निरीक्षक/परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।

    परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ । 

    यसअघि वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको थियो । महासंघ र सरकारबीच सहमति भइसकेको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार