शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो वैशाख २१ देखि आन्दोलनको घोषणा

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो वैशाख २१ देखि आन्दोलनको घोषणा

आजदेखि खुले सरकारी विद्यालय

बैशाख १९, २०८२ शुक्रवार
बैशाख १९, २०८२ शुक्रवार
  • विद्यालय कर्मचारी परिषद्ले गर्‍यो वैशाख २१ देखि आन्दोलनको घोषणा

    विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।

    आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो ।  

    आजदेखि खुले सरकारी विद्यालय 
    करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् ।  देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

    सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् ।   सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार