शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नाच्दै पेस्तोल पड्काएको भिडियोबारे के भन्छिन् जसपा नेता बबीसिंह यादव

नाच्दै पेस्तोल पड्काएको भिडियोबारे के भन्छिन् जसपा नेता बबीसिंह यादव

बैशाख १८, २०८२ बिहिवार
बैशाख १८, २०८२ बिहिवार
  • नाच्दै पेस्तोल पड्काएको भिडियोबारे के भन्छिन् जसपा नेता बबीसिंह यादव

    जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।

    बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । पेस्तोल पड्काउँदै नाचेको आरोप लागेपछि बबीसिंह यादवले बिहीबार सामाजिक सञ्जालमार्फत वैवाहिक कार्यक्रममा खेलौनाले गरेको फायरलाई लिएर भ्रम फैलाइएको दाबी गरेकी छन् ।

    "वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरूको मात्रै हो ? महिलाले एकछिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु," यादवले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

    उनका अनुसार, भाइरल भिडियो भारतको सीमावर्ती सहर सीतामढीमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बेला गरिएको मनोरञ्जनको हो ।

    "मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आगनमा आफ्ना भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु," यादवले भनेकी छन् ।

    नेत्री यादवले रमाइलो गर्दा खिचिएको भिडियोलाई सन्दर्भ र अनुमतिबिनै सामाजिक सञ्जालमा प्रस्तुत गरिएकोप्रति आपत्ति पनि जनाएकी छन् । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार