शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

बैशाख १८, २०८२ बिहिवार
बैशाख १८, २०८२ बिहिवार
  • श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। 

    सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन्। 

    श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन्। 

    श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार