शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छः गगन थापा

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छः गगन थापा

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन् । 
    सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए ।

    उनले भने,‘हामी जोखिम उठाउन तयार छौं । यस्तो कुराहरुमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ । नयाँ ढंगले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ । अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं । यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं । सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । रिजल्टमा काम गर्न चाहन्छौं । ’ 
    त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरुमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए ।

    उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्र्फटजोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ । सरकारले हात हालिरहेका थुप्रै ठाउँहरु छन् । जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन् । ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार