शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादीको विरोधसभामा देखिए उपचारका लागि छुटेका धवलशमशेर राणा

राजावादीको विरोधसभामा देखिए उपचारका लागि छुटेका धवलशमशेर राणा

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • राजावादीको विरोधसभामा देखिए उपचारका लागि छुटेका धवलशमशेर राणा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा राजावादी स्वास्थोपचारका लागि हाजिरी जमानीमा प्रहरी हिरासतबाट छुटेका आन्दोलनमा सक्रिय भएका छन् । उनी राप्रपा आज नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन् ।

    गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ गरेका उनी वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । स्वास्थ्य उपचारका लागि भारत जाने भन्दै छुटेका राणा पुनः राजावादी आन्दोलनमा सहभागी भएका हुन् ।

    उनी सोमबार काठमाडौंको भृकुटीमण्डमा राप्रपा नेपालले गरेको विरोधसभामा सहभागी भएका छन् । उनीसँगै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पनि विरोधसभामा सहभागी छन् ।

    क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीले जनाएको थियो । प्रहरीका अनुसार उनको आज (१५ वैशाखमा) फलोअपको अपोइन्टमेन्ट थियो । राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने प्रहरी हिरासतमै छन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार