प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन नगर्ने भएका छन् । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको ओलीको सम्बोधन स्थगित भएको हो ।
एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार आज प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन स्थगित भएको हो। सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज थाइल्यान्ड भ्रमणबाट फर्किंदै छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखाको बारपाक पुगेका छन् । दुवै नेता सदनमा अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन स्थगित भएको बताइएको छ ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्