शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओली सरकार ढल्दै! गगन थापाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि तनावमा ओली (भिडियो)

ओली सरकार ढल्दै! गगन थापाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि तनावमा ओली (भिडियो)

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • ओली सरकार ढल्दै! गगन थापाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि तनावमा ओली (भिडियो)

    नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन् ।

    विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए ।

    उनले भने, ‘अहिले मैंले समस्याको कुराहरु गरें । तर हामीले समाधान पनि दिनुपर्छ । हाम्रा बाध्यताहरु छन्, एक्लै छैनौँ, सरकारमा छौँ । कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ । तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं । हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ । सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन ।’

    कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ ।

    यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन् नागरिकहरुसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने पनि बताए । उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन् । त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन् । नागरिकहरुसँग बसेर संवाद गर्ने हो । सच्चाउनुपर्ने कुरा सच्चाउने हो ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार