शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छः निर्देशक खराल

कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छः निर्देशक खराल

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छः निर्देशक खराल

    शतकुण्डीय कोटिहोमका निर्देशक शकंर खरालले पोखरामा भईरहेको कोटिहोमले विश्व समुदायमा पर्यटकीय हिसाबले उत्कृष्ट फाइदा पुर्याउने बताएका छन् । उनले अहिले विश्वका करोडौ मानिसहरुले पोखराको गतिविधी नियालिरहेको भन्दै यसबाट पोखराबासिले फाइदा लिनुपर्ने बताएका हुन् । 


    उनले भने, ‘पोखराको विकास गर्ने हो भने पर्यटनको विकास बाहेक अर्को विकल्प छैन । पोखराको आफ्नो उत्पादन छैन यो क्षेत्र पर्यटन हब हो । त्यसकारण यो कोटिहोम पोखराको पर्यटकीय प्रवद्र्धनमा बिजयकृष्ण महाराजको सङकल्प गर्नुका साथै यहाँका बासिल्दाले पनि त्यसको फाइदा लिनुपर्छ । देवी प्रतिभा पोखरामा हुदाँ पोखराको गतिविधि दैनिक ५५ लाख जनाले हेरिरहेका छन् । उहाँको कारण पनि विश्वमा पोखराको विश्वव्यापी प्रचारप्रसार भईरहेको छ । शंकरा आचार्य जी आउदै हुनुहुन्छ उहाँ आउदा करोडौले उहाँको गतिविधि हेर्नेछन् ।’

    उनले पछिल्लो समय मोदि मुक्तिनाथ जादा भारतीय पर्यटकको संख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए ।  
    ‘पोखराको पर्यटन प्रवद्र्धनमा यो कोटिहोमले पोखराबासीलाई अरबौको नाफा दिएर जान्छ । यो कालान्तरलाई हुन्छ । पछिल्लो समय मोदि मुक्तिनाथ जादा ३०० गुणा भारतीय पर्यटकको संख्या बढेको थियो । त्यसैगरी भारतबाट वा अन्य क्षेत्रबाट कथा वाचकहरु आउदा राम्रो प्रभाव पार्छ ।’  

    उनले बैशाख १६ गते ११ हजार कलशसहित ऐतिहासिक विशाल कलश यात्रा गरिने बताए । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने उनले जानकारी दिए । उनले १७ गते कोटिहोम कैलाशचन्द्र सरस्वती महाराजले उद्घाटन गर्ने पनि बताए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार