शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुर्गा प्रसाईंका दुवै अस्पतालको खाता सर्वोच्चले गरिदियो फुकुवा

दुर्गा प्रसाईंका दुवै अस्पतालको खाता सर्वोच्चले गरिदियो फुकुवा

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • दुर्गा प्रसाईंका दुवै अस्पतालको खाता सर्वोच्चले गरिदियो फुकुवा

    सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । तीनकुने घटनापछि फरार प्रसाईको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

    अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको बताइएको छ ।


    यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो । दुई जनाको ज्यानै गएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार