शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षकलाई प्रधानमन्त्रीको आह्वान - आन्दोलन अन्त्य गरेर विद्यालयमा भर्ना गराउनुस्

शिक्षकलाई प्रधानमन्त्रीको आह्वान - आन्दोलन अन्त्य गरेर विद्यालयमा भर्ना गराउनुस्

‘तुरुन्तै वार्तामा आउनुस्, सहमति गरेर फर्किनुस्'

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • शिक्षकलाई प्रधानमन्त्रीको आह्वान - आन्दोलन अन्त्य गरेर विद्यालयमा भर्ना गराउनुस्

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न र शिक्षा प्रणालीलाई सामान्य अवस्थामा फर्काउन आह्वान गर्दै सम्भव मागहरू पूरा गर्ने सरकारको तयारी रहेको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलन अन्त्य गर्न आग्रह गरेका हुन् ।

    ओलीले भने, ‘तुरुन्तै वार्तामा आउनुस्, सहमति गरेर फर्किनुस् । सरकार शिक्षकका जायज मागप्रति सकारात्मक छ। सम्भव मागहरू पूरा गर्छ।’ सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनले चैत २५ देखि आम शैक्षिक हड्ताल सुरु गरेपछि भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन् ।

    PMsachiwALAYA-8GGWhatsAppImage2025-04-21at3.18.jpg

    प्रधानमन्त्री ओलीले आन्दोलनबाट विद्यार्थी र अभिभावकलाई मात्र क्षति हुने भन्दै शिक्षकहरूलाई यथाशीघ्र काममा फर्किन आग्रह गरे । उनले भने, ‘उहाँहरूलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ। त्यसैले वार्तामा आउनुस्, कुरा गरौँ, सम्भव कुरा सरकारले समाधान गर्छ ।’ 

    ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु पर्दैन । भर्ना अभियान सुरू भइसकेको छ । कृपया जानूस्, विद्यालयमा गएर भर्ना गराउनुस् । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नूस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नूस्”, ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरू सल्बलाएका बेला तपाईंहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूविरुद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताए। मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्‍याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, संकलन र सम्प्रेषण गर्छौं भन्ने अति महत्वको विषयमा मनन गर्न सम्झाए । उनले यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसम्म उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार