शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गभर्नर चर्चामा रहेका डा. गुणाकरविरुद्धको पूरक रिट फेरि ‘हेर्न नभ्याइने’मा

गभर्नर चर्चामा रहेका डा. गुणाकरविरुद्धको पूरक रिट फेरि ‘हेर्न नभ्याइने’मा

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • गभर्नर चर्चामा रहेका डा. गुणाकरविरुद्धको पूरक रिट फेरि ‘हेर्न नभ्याइने’मा

    गभर्नर हुन उमेरहद हटाएको र डा गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याउने भएको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट समेतलाई विपक्षी बनाइएको रिट सोमबार (वैशाख ८) पनि ‘हेर्न नभ्याइने’मा परेको हो । कार्यकारी निर्देशक पदबाट राजीनामा दिएकै आधारमा उनलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराइएको थियो । 

    गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र चर्चामा रहेका भट्टको योग्यता नपुगेको भन्दै दायर रिटमा सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो । अहिले उक्त रिट हेर्न नभ्याउनेमा राखिएको हो । आइतबार पनि उक्त रिट पेसीमा चढेको थियो । न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो । तर, उक्त रिट अन्तिममा हेर्न नभ्याइनेमा राखिएको हो । अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गरेका थिए ।

    वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउनेगरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आइतबार छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो । गत शुक्रबार नै गुणाकर भट्टलाई सरकारले गभर्नर बनाउन लागेको तर उनको योग्यता नै नपुग्ने दाबीसहित थापाले पूरक निवेदन दिएका थिए । अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको गर्दै नियुक्तिको उमेरहद हटाएको थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार