शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

    संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।

    अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता सीन पार्नेलले जानकारी दिए । उनका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ । यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताए ।

    आईएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पु¥याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो । अभियानका क्रममा अमेरिकी सेनाले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौं सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो ।

    इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गरेका थिए भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो । तर पनि अहिले केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार