शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धादिङमा ट्रकसँग बोलेरो ठोक्किँदा एक यात्रुको मृत्यु

धादिङमा ट्रकसँग बोलेरो ठोक्किँदा एक यात्रुको मृत्यु

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • धादिङमा ट्रकसँग बोलेरो ठोक्किँदा एक यात्रुको मृत्यु

    काठमाडौँबाट पोखरा जाँदै गरेको बोलेरो जीप धादिङमा भारतीय ट्रकसँग ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । धादिङ प्रहरीका अनुसार प्र ३–०१–०२३ च ६५८ नम्बरको गाडी शुक्रबार राति १२ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय गाडीको पछाडिको भागमा ठोकिएको हो ।

    दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको थियो । तर उपचारका क्रममा शनिबार बिहान २ बजेतिर उनको मृत्यु भएको डिएसपी हमालले जानकारी दिए ।

    बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भारतीय ट्रकलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित पृथ्वी लोकमार्गको जोगिमाराबाट नियन्त्रणमा लिइएको छ । यसका चालक भारत उत्तर प्रदेश मोहमदपुर खला बस्ने ४० वर्षीय कमलेशकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको धादिङ प्रहरीका डीएसपी हमालले जानकारी दिए । उनका अनुसार बोलेरो गाडी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार