शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अब गनगन र रुवाबासी मात्रै गर्ने होइनः गगन थापा

अब गनगन र रुवाबासी मात्रै गर्ने होइनः गगन थापा

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • अब गनगन र रुवाबासी मात्रै गर्ने होइनः गगन थापा

    सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन्।

    आज शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरेका छन् ।

    उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरष्कार र गालीको क्षेत्र बनाउन नहुने बताए । उनले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरु गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएसनसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरे। महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नु पर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए ।

    मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिने गरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनु पर्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार