शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षकको माग सम्बोधन गराउन कांग्रेस लाग्ने, गगन थापालाई दिइयो जिम्मेवारी

शिक्षकको माग सम्बोधन गराउन कांग्रेस लाग्ने, गगन थापालाई दिइयो जिम्मेवारी

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • शिक्षकको माग सम्बोधन गराउन कांग्रेस लाग्ने, गगन थापालाई दिइयो जिम्मेवारी

    आन्दोलनरत शिक्षकहरुका माग सम्वोधन गराउन सत्ता साझेदार दल नेपाली कांग्रेसले पहल लिने भएको छ। आज (बिहीबार) पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीहरुसहितको बैठकले त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ ले जानकारी दिइन् ।

    ‘शिक्षक आन्दोलनलाई हामीले जसरी पनि सहयोग गर्नुपर्छ, आन्दोलनलाई सम्बोन गर्न कांग्रेस बढी लाग्नु पर्छ,’ बैठकको निर्णय सुनाउँदै उनले सुनाइन्, ‘कतिपय संवैधानिक कुरा छन्, त्यसमा संविधान संशोधन नगरी नुहने कुरा पनि छन् । त्यसलाई ऐनबाट गर्ने कि कसरी गर्ने ? तुरुन्तै बसेर यसलाई टुंग्याउने । कांग्रेसले यसलाई सकरात्मकरुपमा लिने भन्ने कुरा भयो ।’

    विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरु दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोनलमा छन् । लामो समयसम्म पनि सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न पहल नगरेको भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आवाज उठाउँदै आएका थिए । त्यसमा उपसभापति पूर्णबहादुर खड्काले पनि साथ दिएका छन् । ‘गगन थापा, शिक्षा विभाग प्रमुख नैनसिंह महर, जीवन परियार, गृहमन्त्री बसेर काम पनि गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘त्यसलाई मुर्तरुप दिन आज र भोलि नै शिक्षकहरुसँग बस्ने भन्ने कुरा भएबमे छ ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार