शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

व्यवसायिक आलुखेती, ३ महिनामा ८ लाख आम्दानी

व्यवसायिक आलुखेती, ३ महिनामा ८ लाख आम्दानी

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • व्यवसायिक आलुखेती, ३ महिनामा ८ लाख आम्दानी

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका छन् । उनले सबै खर्चसहित छ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसबाट करिब १४ लाख रुपैयाँको आलु उत्पादन गरिएको बताए ।

    तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाख रुपैयाँको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने।

    यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

    यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए। समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार