शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपालको लगातार तेस्रो जित, हङकङ पराजित

नेपालको लगातार तेस्रो जित, हङकङ पराजित

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • नेपालको लगातार तेस्रो जित, हङकङ पराजित

    आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पार्दे विश्वकप नजिक पुगेको छ । आज (बुधबार) तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकाल्न सफल भएको हो । यसअघि नेपालले युएई र ओमानलाई हराएको थियो ।

    अब शनिबार अफगानिस्तानलाई पराजित गर्न सके नेपाल यू–१९ विश्वकप २०२६ को विश्वकपमा छनोट हुनेछ । बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १२.३ ओभरमै पूरा गर्‍यो । नेपालको जितमा ओपनर साहिल पटेलले नटआउट ४२ रन बनाए । उनले ४१ बलमा ८ चौका हिर्काए। अर्का ओपनर निरजकुमार यादवले १२ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए ।

    कप्तान नरेन भट्टले २३ बलमा ८ चौका प्रहार गर्दै नटआउट ३९ रन बनाए । त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमा अलआउट भएको हो । हङकङका लागि कप्तान शिव माथुरले ६३ रन बनाए । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आर्या पन्जावनीले १३ रन र वीर माथुरले १२ रन बनाउन सके । बलिङमा नेपालका लेगस्पिनर युवराज खत्रीले चार विकेट लिए । उनले १० ओभरमा १८ रन खर्चिए भने ४४ बल त डट फ्याँके । विपिनप्रसाद शर्माले ३ विकेट लिए । उनले ६.२ ओभरमा २४ रन खर्चिए । सन्तोष यादवको नाममा २ विकेट रह्यो ।

    यसअघि नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी छन् । यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

    प्रतियोगितामा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। अब शनिबार अफगानिस्तानलाई हराउन सके नेपालले नवौं पटक युवा विश्वकप खेल्नेछ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग वैशाख ६ मा तल्लो मुलपानी मैदानमा हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार