शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्काशित

राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्काशित

बैशाख १, २०८२ सोमवार
बैशाख १, २०८२ सोमवार
  • राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्काशित

    राजसंस्थाका पक्षमा नारा लगाउने क्रममा काठमाडौं माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै निष्काशन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

    नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको गृह स्रोतले जनाएको छ । ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो । कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले भन्यो ।

    गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए । लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो । प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो ।

    पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ । किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ।
     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार