शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख

    पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।

    ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’ देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन् ।

    पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस घटनाबारे धारणा सार्वजनिक गरेका हुन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ जनगुनासो, राम्रो–नराम्रो गुणगान सुन्ने संस्कार हुन्छ’, ज्ञानेन्द्रले भनेका छन् । तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए । केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणा समेत राखेका थिए । तीनकुने घटनापछि पूर्वराजा शाहले अभिव्यक्ति दिएका थिएनन् ।

    राजसंस्था पुनस्र्थापनाका लागि भन्दै ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, धवल शमसेर राणालगायत पक्राउ परेका छन् । उनीहरु अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार