शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेकपा माओवादी केन्द्र  र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

नेकपा माओवादी केन्द्र  र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • नेकपा माओवादी केन्द्र  र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

    चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मन्डलले भ्रमणका दौरान  चिनियाँ कम्युनिस्ट पार्टी  छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम प्रदेशको पार्टी स्कुलबिच सहमति गरेको छ । 

    सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेकाछन् । सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग,  कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र वहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलन लगायत रहेकाछन् । 

    नेपाली प्रतिनिधि मन्डल प्रमुख दिनानाथ शर्मा र सि पि सिको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङको उपस्थितिमा यो सम्झौता भएको हो।  यो ५ वर्षको लागि सम्झौता भएको हो । हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्नुपर्नेछ ।  ५ दिने  छोङ्छिङ भ्रमणको अन्तिम दिन  टोली  नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्र बीच  बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताए ।

    0b8b157b-8aa3-48ec-8d21-6643612bf545.jpeg

    भ्रमणले समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भुमिका खेलेको धारणा राखे । जनताको जिवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो । 

    त्यस्तै,  सीपीसीको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु  जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले  दुई देश बीचको सम्बन्धमा थप ईटा थपेको उल्लेख गरे । उनले छोङछिङ र नेपालको भुगोल र जनसंख्या  उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल संग चीनको गहिरो सम्बन्ध रहेको धारणा राखे । यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लैजाने उनको  बिश्वास  थियो । 

    चीनिया प्रधानमन्त्रीले छिमेकीहरु संग सधै सुमधुर सम्बन्ध राख्ने नीति  लिएको अन्य चिनियाँ नेताहरूले बताएका थिए । छिमेकी रास्ट्रहरुको बिकास, शिक्षा लगायत को विषयमा पनि चीनले सधै साथ उनीहरूले बताएदका थिए । ५ दिने भ्रमणको दौरान नेपाली टोलिले थुप्रै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार