शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेस सत्तामा भए पनि सरकारमा छैनः डा.शेखर कोइराला

कांग्रेस सत्तामा भए पनि सरकारमा छैनः डा.शेखर कोइराला

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • कांग्रेस सत्तामा भए पनि सरकारमा छैनः डा.शेखर कोइराला

    सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन्। 

    वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्। उनले आफूले पटक–पटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए । पार्टी सभापति शेरबहादुर देउवासँगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए।

    नेता कोइरालाले भने, ‘पटक–पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं । कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’

    उनले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार