शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटना संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासः गृहमन्त्री लेखक

तीनकुने घटना संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासः गृहमन्त्री लेखक

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • तीनकुने घटना संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दु राष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् ।

    उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ?’ । गृहमन्त्री लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमाब्याख्या गरेका छन् ।

    शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’ राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरु समेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।

    संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार