शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हिलोले दाउन्नेमा राजमार्ग अवरूद्ध

हिलोले दाउन्नेमा राजमार्ग अवरूद्ध

पहिरोले सल्यान र सुर्खेत–हुम्ला सडक अवरुद्ध

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • हिलोले दाउन्नेमा राजमार्ग अवरूद्ध

    पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ । वर्षाका कारण बिहीबार बिहान त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो । सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।


    पहिरोले सल्यान र सुर्खेत–हुम्ला सडक अवरुद्ध
    यता वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालिकोटको पचालझरना गाउँपालिका ८ जारकोटमा पहिरो खस्दा सुर्खेत–हुम्ला सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध छ । ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिए ।

    यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानीमा खसेको पहिरोले जाजरकोट सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । ‘ठूलो डोजर ल्याएर पहिरो पन्छाउने क्रम जारी छ,’ उनले भने ।

    सल्यानकै कपुरकोट गाउँपालिका ३ मा खसेको पहिरो भने पन्छाइसकेकाले यातायात आवागमन सामान्य रहेको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ पितृवाङ खोलामा आएको बाढीले अवरुद्ध भएको राप्ती राजमार्ग पनि खुलाइसकेको डिएसपी प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार चैत २६ गते त्रिवेणी गाउँपालिका ८ पेउघामा चट्याङ लागेर घाइते भएकी ३८ वर्षीया जयकला खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार जारी छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार