शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनाको आरोपमा थप ६ जना पक्राउ

तीनकुने घटनाको आरोपमा थप ६ जना पक्राउ

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • तीनकुने घटनाको आरोपमा थप ६ जना पक्राउ

    काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

    उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए। योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ ।

    यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध राज्यविरुद्धको अपराधमा समेत अनुसन्धान अघि बढाइएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार